बुधबार नेप्से परिसूचक २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा झरेको छ। यसअघि मंगलबारको बजारमा नेप्से परिसूचक ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा उक्लिएको थियो।
यसअघि सोमबारको बजारमा नेप्से परिसूचक ५.८० अंकले घटेर २५६०.२९ विन्दुमा झरेको थियो। आज नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार भएको छ।
मंगलबारको बजारमा तीन अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँको ७९ लाख ४७ हजार कित्ता सेयर कारोबार भएकोमा आज भने कुल ३२१ स्टकको तीन अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँको ८४ लाख ४०६ सय कित्ता सेयर किनबेच भएको छ। यो किनबेच ६६ हजार ८२४ पटकको कारोबारमा भएको हो।