प्रधानमन्त्री सुशीला कार्कीसँग आजदेखि अवकाशमा जान लागेका आइजिपी चन्द्रकुवेर खापुङले बिदाई भेट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिदाइ भेट भएको हो।
भेटमा नवनियुक्त आइजिपी दानबहादुर कार्की पनि सहभागी थिए।
७० दिन प्रहरीको नेतृत्व सम्हालेका खापुङ ३० वर्षे सेवाहदका कारण अवकाशमा जान लागेका हुन्। प्रहरी प्रधान कार्यालयले उनको आजै बिदाइ गर्दै छ। बिहीबारदेखि कार्कीले प्रहरी नेतृत्व सम्हाल्दै छन्।