सिटिजन लाइफको सिप वृद्धि तथा सम्मान कार्यक्रम

बुधबार, २६ कार्तिक, २०८२
डिजिटल संस्करण

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिप वृद्धि तथा सम्मान (अवार्ड सेरेमोनी एन्ड स्किल इन्हान्समेन्ट) कार्यक्रम गरेको छ । कम्पनीले पूर्व, मध्य–पश्चिम र काठमाडौं उपत्यकाका क्षेत्रीयस्तरमा यो कार्यक्रम सञ्चालन गरेको हो । जसअन्तर्गत २१ भदौमा इटहरी तथा पोखरामा, १४ कात्तिकमा भैरहवामा र २२ कात्तिकमै चाबहिलका 
लागि कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमको उद्देश्य सिटिजन लिडरबिच आत्मविश्वास, प्रेरणा र आपसी सहकार्य प्रवद्र्धन गर्नुका साथै बिक्री गर्ने सिपमा अझ व्यावसायिक लिडर तयार पार्नु रहेको थियो । प्रत्येक कार्यक्रममा दुई सय ५० देखि तीन सय ६० जनासम्म सहभागी रहेको कम्पनीले जनाएको छ । 

सोही अवसरमा गत आर्थिक वर्ष ०८१/८२ का ‘ब्रोनज क्लब’ क्वालिफायरलाई सम्मान गरिनुका साथै विभिन्न दिनमा ‘हिरो अफ द डे’ उपाधिप्राप्त लिडरलाई पनि पुरस्कार प्रदान गरिएको थियो । तालिम सत्र कम्पनीका ट्रेनिङ विभाग प्रमुख, प्रमुख व्यवसाय अधिकृत, प्रमुख बजार व्यवस्थापन अधिकृत र प्रमुख कार्यकारी अधिकृतले सञ्चालन गरेका थिए । मनोरञ्जनात्मक सत्रमा चर्चित लोकगायक मिलन लामाले पोखरा र काठमाडौंमा प्रस्तुति दिएका थिए । 
 

सुझावित समाचार