आइएमईको २५औँ साधारणसभा

बुधबार, २७ कार्तिक, २०८२
डिजिटल संस्करण

आइएमई लिमिटेडले २५औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीका संस्थापक तथा अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न साधारणसभामा अध्यक्ष ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

सभाले उक्त प्रतिवेदन सर्वसम्मत रूपले पारित गरेको छ । अध्यक्ष ढकालले रेमिट्यान्स सेवा उद्योग क्षेत्रमा अग्रणी कम्पनीका रूपमा रहेको आइएमई लिमिटेड सर्वाधिक लोकप्रिय ब्रान्ड बनेको बताए । उनले २५औँ वर्षमा व्यावसायिक हिस्सा विस्तार गर्दै नयाँ प्रविधि एवं रणनीतिका साथ आगामी दिनमा अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

प्रविधिको अधिकतम सदुपयोग गर्दै रेमिट्यान्स सेवाको थप विस्तार तथा विविधीकरण गरी आइएमईलाई कम्प्लिट फाइनान्सियल सोलुसन्सका रूपमा विकास गर्ने उनको भनाइ थियो ।

त्यसैगरी, आइएमईका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई थप परिपक्व बन्दै नागरिकको जीवनस्तर सुधार र उद्यमशीलता विकासमा योगदान पुर्याउनु गौरवपूर्ण क्षण रहेको उल्लेख गरे । 

See More On

सुझावित समाचार