दम्पती सवार मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

मंगलबार, २६ कार्तिक, २०८२
डिजिटल संस्करण

विराटनगरको बरगाछीमा आइतबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। दम्पती सवार मोटरसाइकललाई भारतीय नम्बर प्लेट (डब्लुबी५९सिओ२४८नम्बर) को ट्रकले ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन्।

विराटनगरको बरगाछी चोकमा विमल कोइरालाले चलाएको मोटरसाइकललाई विराटनगर आउँदै गरेको डब्लुबी५९सिओ २४८ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा उनकी श्रीमती ४५ वर्षीया रोहिता अधिकारीको मृत्यु भएको हो। उनीहरू सर्लाहीबाट विराटनगरतर्फ आउँदै थिए। 

दुर्घटनामा घाइते भएका ५७ वर्षीय विमल कोइरालाको कोशी अस्पताल विराटनगरमा उपचार भैरहेको मोरङ प्रहरीले जनाएको छ।
 

सुझावित समाचार