अख्तियारको उपसचिव हुँ भन्दै धम्काउने पक्राउ

मंगलबार, २६ कार्तिक, २०८२
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उपसचिव हुँ भन्दै धम्काउने युवक पक्राउ परेका छन्। प्रहरी वृत्त बालाजुले डोटीको शिखर नगरपालिका- ४ घर भई काठमाडौंको तारकेश्वर- ७, फुटुङ बस्ने ३७ वर्षीय ऐभानबहादुर महरालाई पक्राउ गरेको हो। 

उनीसँग प्रधानमन्त्री कार्यालय, वाणिज्य मन्त्रालयको लेटरहेडसमेत बरामद भएको छ। त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको डेपुटी मेनेजर लेखिएको परिचयपत्र बरामद गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले बताए। अनुसन्धानको क्रममा उनी राष्ट्रिय वाणिज्य बैंकका पूर्वकर्मचारी भएको खुलेको छ। 

सुझावित समाचार