दीर्घकालीन प्रभाव पार्ने कुनै काम नगर्न मधेशका मुख्यमन्त्रीलाई सर्वोच्चको अन्तरिम आदेश

पेशी स्थगित गर्न नपाउने गरी अग्राधिकार

मंगलबार, २६ कार्तिक, २०८२
डिजिटल संस्करण

सर्वोच्च अदालतले मशेध प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ।

रकीप्रसाद साहसमेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले अन्तरिम आदेश दिएको हो।

सर्वोच्चले ‘...सुविधा सन्तुलनको दृष्टिबाट यो रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म २०८२–७–२३ मा मुख्यमन्त्री नियुक्त मा. सरोजकुमार यादव र निजको सिफारिसमा सोही मितिमा गठन भएको मन्त्रिपरिषदबाट मधेश प्रदेशलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्नू, नगराउनू’ भनेको छ।
 

सुझावित समाचार