गाई र भैंसीमा निःशुल्क खोरेत खोप

मंगलबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण

धनकुटालाई खोरेत रोगमुक्त जिल्ला बनाउने लक्ष्यसहित धनकुटा नगरपालिकाबाट गाई र भैंसीमा निःशुल्क खोप लगाउने अभियान सुरु गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाले धनकुटा नगरपालिका–३ स्थित निलगिरी एकीकृत नर्सरी फर्मबाट पशुलाई निःशुल्क खोप लगाउँदै खोप अभियानको थालनी गरेको हो।

आज गाई सात वटा, चार वटा बाच्छाबाच्छी, एउटा भैसीलाई निःशुल्क खोप लगाइएको छ। धनकुटा जिल्लामा पहिलो चरणमा ५५ हजार डोज खोप वितरण गरिने लक्ष्य रहेको छ।

जसअन्तर्गत धनकुटाका सातवटै स्थानीय तहमा खोरेत रोग विरुद्धको खोप पठाएको छ। धनकुटा नगरपालिकामा पाँच हजार, पाख्रिबास नगरपालिकामा नाै हजार, महालक्ष्मी नगरपालिकामा नाै हजार, सहिदभुमि गाउँपालिकामा पाँच हजार, छथरजोरपाटी गाउँपालिकामा सात हजार, साँगुरीगढी गाउँपालिकामा १० हजार र चौविसे गाउँपालिकामा १० हजार गरेर ५५ हजार खोप पठाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाका प्रमुख हिमादेवी गौतमले बताइन् ।
 

सुझावित समाचार