भौतिक संरचना पुनर्निर्माण कोषमा सात करोड ५२ लाख जम्मा

मंगलबार, २६ कार्तिक, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनाका लागि स्थापना गरिएको कोषमा सात करोड ५२ लाख रुपैयाँ जम्मा भएको छ । 

अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा सोमबार बसेको भौतिक पुनर्निर्माण समितिको बैठकमा कोषमा जम्मा भएको रकमबारे जानकारी दिइएको हो । 

बैठकले कोषमा जम्मा भएको रकम क्षतिग्रस्त सार्वजनिक संरचनाको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गर्न, सार्वजनिक संरचनाको तत्काल मर्मत–सम्भार गरी सेवा थाल्न र आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनाका कार्यक्रममा खर्च गर्ने निर्णय गरेको छ । विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गर्न यसअघि नै साढे तीन करोड रुपैयाँ विनियोजन गरिएको छ । 

सहरी विकास तथा भवन निर्माण विभाग र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत कार्यान्वयन हुने कार्यक्रमका लागि क्रमश: दुई करोड र साढे एक करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, सोही विभागबाट कार्यान्वयन हुने गरी सार्वजनिक संरचनाको तत्काल मर्मत–सम्भार गरी सेवा चालू गराउन थप दुई करोड रुपैयाँ विनियोजन गरिएको छ । 

सुझावित समाचार