अमेरिकाबाट फर्काइएका राजदूत लोकदर्शन रेग्मी तथा चीनबाट फर्काइएका कृष्णप्रसाद ओलीले पदबाट राजीनामा दिएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सोमबार उनीहरूले राजीनामा दिएका हुन्। यसअघि बेलायतबाट फर्काइएका चन्द्रकुमार घिमिरेले राजीनामा दिएका थिए।
गत ३० असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले ११ देशका राजदूतलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। सर्वाेच्च अदालतले उनीहरूलाई पदमुक्त नगर्न अन्तरिम आदेश दिएपछि सरकारले फिर्ता गरेर परराष्ट्र मन्त्रालयमा राखेको थियो। अन्य आठ राजदूत भने मन्त्रालयमा आएर हाजिर गरेर फर्कने गरेका छन्।

जापानका डा. दुर्गाबहादुर सुवेदी, जर्मनी डा. शैल रूपाखेती, इजरायलका डा. धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका सनिश नेपालले मन्त्रालयमा हाजिर गर्दै आएका छन्।