साइन रेसुंगा डेभलपमेन्ट बैंक एनपिएस–एनसिएसमा आबद्ध

मंगलबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण

साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)बिच एनपिएस–एनसिएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र एनसिएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका हुन् । 

एनसिएचएलले हालै एनपिएस–एनसिएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थालाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्युइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै साइन रेसुंगाले ग्राहकका लागि उक्त कार्ड इस्यु तथा अक्वायर गर्न सक्नेछन् ।

सुझावित समाचार