भारतको राजधानी नयाँ दिल्लीमा विस्फोट हुँदा ठुलो क्षति भएको छ। सोमबार साँझ दिल्लीको लालकिल्ला मेट्रो स्टेसनको गेट नम्बर १ नजिकै विस्फोट भएको हो।
विस्फोटमा कम्तीमा आठजनाको मृत्यु भएको र धेरैजना घाइते भएको दिल्ली प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। शक्तिशाली विस्फोटपछि त्यहाँ रहेका सवारीसाधन जलेका छन्। पार्किङ गरेर राखिएको कारमा बिष्फोट भएको सुरक्षा अधिकारीले बताएका छन्। घटनापछि दिल्लीमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।