हिक्मत महरा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ बनेका छन्। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका लागि आइतबार र सोमबार गरेको ‘ट्यालेन्ट हन्ट’ बाट फास्ट बलर हिक्मत उत्कृष्ट बन्दै ‘आइकोनिक खेलाडी’ बनेका हुन्।
धनगढीस्थित धनगढी क्रिकेट एकेडेमीमा भएको ‘ट्यालेन्ट हन्ट’ मा करिब तीन सय सहभागी थिए। जगत टमटाको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले दुई चरण गरेर खेलाडी छनोट गरेको हो।
हिक्मतले अब सुदूरपश्चिम रोयल्सको टोलीबाट एनपिएल खेल्नेछन्। आइकोनिकबाहेक अन्य पाँच खेलाडीलाई सुदूरपश्चिमको डेभलपमेन्ट टोलीमा राखिएको छ।
जसमा ओमप्रकाश घिमिरे, सोलुप चौधरी, टेकराज थलाल, तर्भिस जैशी र अभिषेक कोइरालालाई छनोट गरेको हो।
हिक्मत बिट दी स्पिडमा १३१ किलोमिटरको स्पिडमा बलिङ गर्दै पहिलो भए भने अभिषेक १२५ किलोमिटरको स्पिडमा बलिङ गर्दै दोस्रो भएका हुन्।