मनमोहनका विद्यार्थीले बनाए स्मार्ट हार्वेस्ट मेसिन र स्मार्ट सिटीका लागि सोलार पोडवे

सोमबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण

कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषि कार्यका लागि एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ उपकरण बनाएका छन् ।

मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीन बर्षे डिप्लोमातर्फ अध्यनरत अन्तिम वर्षका विद्यार्थीले कृषि कार्य गर्दा धान काट्ने, दाइ गर्ने, मल,पानी, छर्ने, जोत्ने आदि काम एकै मेसिनबाट गर्न सक्ने स्मार्ट फार्मिङ उपकरण बनाएका हुन् । 

आइतवार मनमोहन पोलिटेक्निकका इलेक्ट्रिक इन्जिनियरिङतर्फका विद्यार्थीको समूहले बनाएको उक्त स्मार्ट फार्मिङ मेसिनको  रिमोटबाटै डेमो चलाएर प्रदर्शनसमेत गरे । 

यसैगरी, इलेक्ट्रिक एन्ष इलेक्ट्रिोक्स इन्जिनियरिङतर्फका विद्यार्थीले स्मार्ट सिटीका लागि सोलारबाट चल्ने पोडवे पनि निर्माण गरेका छन् । उनीहरूले पनि आइतबार उक्त्त सोलार पोडवेको प्रर्दशनमा डेमा सञ्चालन गरेर प्रर्दशन गरे । सोही समूहका विद्यार्थीले बिषादी छर्ने मेसिन पनि बनाएका छन् । 

आइतबार नै सिभिलतर्फका विद्यार्थीहरुले भुकम्प्परहित पुरानो मोडलको घर, आधुनिक धर्मशाला र व्यपारिक मल आदिका ७ वटा डेमो प्रर्दशन गरेका थिए । आईटी विभागका  विद्यार्थीहरुले अनुहारदेखीने ईहाजिरी सिस्टम, स्मार्ट अलर्ट सिस्टम, स्मार्ट रोबोट र तालालगायत ६ प्रकारका सिस्टम प्रर्दशन गरेका थिए ।  मेकानिकलतर्फका विद्यार्थीले घुमफिर गर्ने होचो अनलोड वोगी (कार), अटोमेटिक वासिङ मेसिन र अटोमटिक राईस प्लान्टर आदि उपकरणहरुको डेमो प्रर्दशन गरेका थिए ।  

मनमोहन पोलिटेक्निकका तीनवर्षे डिप्लोमा पास आउट भएर जाने विद्यार्थीले हरेक वर्ष आफूले बनाएका विभिन्न उपकरणहरू प्रदर्शन गर्दै आएका छन् ।
 

सुझावित समाचार