सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा प्रहरीकै अगाडि एक समूहले आगजानी तथा तोडफोड गरेको छ।
आइतबार साँझ एनआइसियू वार्डमा बल्ब झरेर आजै जन्मेर अस्पतालमा भर्ना भएका रूपनी गाउँपालिका हर्दियाकी रेखा यादवको बालकमाथि लागेको थियो। सोही विषयलाई लिएर अस्पतालमा तोडफोड भएको हो। बिजुलीको चिम (बल्ब) झरेर बालकलाई लागेपछि बालकका एक आफन्तले अस्पतालका निमित्त मेसु दिलीप साहलाई हातपातको प्रयाससमेत गरेका थिए।
यसबारे सप्तरीका एसपी गौतमकुमार केसीलाई पटक-पटक सम्पर्क गर्दा फोन उठेन। डिएसपी डम्बरबहादुर पुरीले आफू बाहिर रहेको बताए भने मधेश प्रदेशका डिआइजी गोविन्द थपलियाले एसपीले यसबारे कुनै जानकारी नदिएको बताए।