रास्वपा कार्यवाहक सभापतिको राजनीतिक प्रतिवेदन– संसद् पुनर्स्थापनाले निकास दिँदैन

शुक्रबार, २२ कार्तिक, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्यालले संसद् पुनर्स्थापनाले निकास नदिने धारणा राखेका छन्। चितवनको सौराहामा जारी पार्टी केन्द्रीय समितिको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अर्यालले यस्तो धारणा राखेका हुन्।

सरकार गठनमा प्रयोग नै नहुने धारा (६१)मा टेकेर अन्तरिम सरकार गठन भए पनि यसलाई अर्यालले परिस्थितिको बाध्यात्मक उपज र आन्दोलनको म्यान्डेट भनेका छन्।

‘डिरेल’ भएको संविधानलाई ‘लिक’मा ल्याउने वैध, सरल र सहज बाटो निर्वाचन नै रहेको भन्दै उनले संसद् पुनर्स्थापनाले जेन–जी आन्दोलनको म्यान्डेट र जनभावनाअनुसार निकास दिन नसक्ने दाबी गरेका छन्।

सुझावित समाचार