नेपाल–बंगलादेश व्यापार असन्तुलन घटाउन सहकार्य आवश्यक : चेम्बर

शुक्रबार, २२ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल र बंगलादेशबिचको व्यापार असन्तुलन घटाउन दुवै देशले आपसी सहकार्य र सहज व्यापारिक वातावरण निर्माणमा जोड दिनुपर्ने बताएका छन् ।

नेपालका लागि बंगलादेशका राजदूत महोम्मद साफिक रहमानसँग चेम्बर भवनमा बुधबार भएको भेटवार्तामा अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् । उनले नेपालले बंगलादेशबाट वार्षिक करिब ३० दशमलव ८८ मिलियन अमेरिकी डलरको सामान आयात गर्ने, तर ३ दशमलव ३३ मिलियन अमेरिकी डलर मात्र निर्यात गर्ने अवस्थाले ठुलो व्यापार असन्तुलन देखाएको बताए ।

उनले नेपाल र बंगलादेशबिच सीधा सडक र रेल सम्पर्क विस्तार गर्न दुवै पक्षले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

‘नेपालका उत्पादनहरू जस्तै : दाल, मसला, फलफूल र दुग्धजन्य वस्तुहरू बंगलादेशमा राम्रो बजार पाउन सक्छन्, तर ती अवसर अझै पूर्ण रूपमा प्रयोग गर्न सकिएको छैन,’ उनले भने । अध्यक्ष अग्रवालले बंगलादेश, भुटान, भारत र नेपालबिचको क्षेत्रीय सहकार्य (बिबिआइएन) प्रणालीलाई व्यापार, ऊर्जा र यातायातमा सहकार्य बढाउने प्रभावकारी माध्यमका रूपमा उपयोग गर्न सकिने बताए । 

See More On

सुझावित समाचार