एनआइसी एसियाका सिइओ शाक्यले सम्हाले कार्यभार

शुक्रबार, २२ कार्तिक, २०८२
डिजिटल संस्करण

एनआइसी एसिया बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुजितकुमार शाक्यले बिहीबार पदभार ग्रहण गरेका छन् । १७ कात्तिकमा बसेको बैंकको सञ्चालक समिति बैंठकले शाक्यलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको थियो ।

तीन दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा कार्यरत शाक्यले भारतको दिल्ली युनिभर्सिटीबाट ब्याचलर इन कमर्स र भारतकै इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एन्ड म्यानेजमेन्ट, लखनउबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । 

तत्कालीन नेपाल–श्रीलंका मर्चेन्ट बैंकबाट बैंकिङ यात्रा सुरु गरेका शाक्य हिमालयन बैंक, तत्कालीन लक्ष्मी बैंक हुँदै सन् २००७ देखि तत्कालीन बैंक अफ एसिया नेपालमा बिजनेस बैंकिङ प्रमुख थिए । तत्कालीन सिभिल बैंक र जनता बैंक, ग्लोबल आइएमई बैंकमा डिसिइओ रहिसकेका उनी पछिल्लो समय नबिल बैंकमा डिसिइओ थिए । 

नवनियुक्त शाक्यको नेतृत्वमा बैंकले महत्वपूर्ण सफलता प्राप्त गर्नुका साथै बैंकलाई प्रतिष्ठाको शिखरमा पुर्याउने दृढ विश्वास सञ्चालक समितिले लिएको छ ।
 

सुझावित समाचार