रिलायन्स स्पिनिङ मिल्सले तिर्‍यो बक्यौताको पहिलो किस्ता, विद्युत् लाइन जोडियो

बिहिबार, २० कार्तिक, २०८२
डिजिटल संस्करण

विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेको सुनसरीमा सञ्चालित रिलायन्स स्पिनिङ मिल्सले प्रिमियम महसुलको बक्यौता रकम तिरेको छ।

बिहीबार पहिलो किस्ता तिरेपछि रिलायन्सको विच्छेद गरिएको विद्युत् लाइन बिहीबार नै जडान गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।

रिलायन्सले ०७२ माघदेखि ०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो। रिलायन्सको ७५ करोड ३७ लाख रुपैयाँ बक्यौता छ। बक्यौतालाई २८ किस्तामा विभाजन गरी रिलायन्सले दुई करोड ७७ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको हो।

सुझावित समाचार