विराटनगर भन्सारभित्रैबाट तस्करी

बिहिबार, २१ कार्तिक, २०८२
डिजिटल संस्करण

भन्सार जाँचपास प्रक्रियाअन्तर्गत बोलकबोल छलेर परिसरबाटै तस्करी गरेको खुलेपछि विराटनगर भन्सारका एजेन्ट प्रतिनिधि कुन्दन मण्डल पक्राउ परेका छन् । मंगलबार एजेन्ट प्रतिनिधि मण्डलले भन्सार जाँचपास प्रक्रिया छलेर प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा बढी कपडा तस्करी गरेको सूचना पाएपछि विराटनगरका भन्सार अधिकृत उमेश श्रेष्ठले मण्डललाई पक्राउ गर्न आदेश दिएका थिए ।

तस्करी गरिएका सामानहरू ट्रान्सपोर्ट हुँदै पठाउने गरेको सूचना पाएपछि राजस्व अनुसन्धान इटहरीको टोलीले बुधबार विराटनगर– ६ सरौचियास्थित बुद्धपूजा ढुवानी सेवाबाट ३४ पोका कपडा नियन्त्रणमा लिएको छ । 

भन्सार एजेन्ट सौगात पोखरेलका प्रतिनिधिमण्डल मंगलबारदेखि इलाका प्रहरी कार्यालय रानीको हिरासतमा छन् । तस्करी प्रकरणको छानबिन गर्न भन्सार प्रमुख श्रेष्ठले अधिकृतको नेतृत्वमा छानबिन समिति बनाएका छन् ।

प्रतिनिधिमण्डलमार्फत जाँचपास भएको प्रज्ञापनपत्रमा भन्सार एजेन्ट सौगात पोखरेलको हस्ताक्षर छ । भन्सारका प्रमुख अधिकृत श्रेष्ठले अधिकृतस्तरको छानबिन समिति बनाएको र प्रतिवेदन आएपछि मात्रै वास्तविकता खुल्ने बताए ।  

सुझावित समाचार