नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले प्रचण्ड–माधव नेपाललगायतको एकतामा बल पुर्याउन आफू यही प्रक्रियामा सामेल भएको बताएका छन्।
भृकुटीमण्डपस्थित नेपाली कम्युनिस्ट पार्टी घाेषणा सभालाई सम्बोधन गर्दै खनालले केही फरक मत भए पनि प्रचण्डको आश्वासनपछि एकता प्रक्रियामा सामेल भएको बताए।
‘मैले कमरेड प्रचण्डलाई भनिसकेको छु। हामी त्यो कुराहरू मिलाउँछौँ भन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ उनले भने, ‘एकताको कुनै विकल्प छैन अहिले। त्यसकारण एकतामा बल पुर्याउनका लागि म यहाँ आएको हो।’