सुपथ पसलमा ३० करोडको कारोबार

बुधबार, १९ कार्तिक, २०८२
डिजिटल संस्करण

चाडपर्वलक्षित सुपथ पसलबाट २९ करोड ८० लाख रुपैयाँको खाद्य सामग्री बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २० करोड ६० लाख र साल्ट ट्रेडिङले नौ करोड २० लाख रुपैयाँ मूल्यबराबरको खाद्यान्न बिक्री गरेको जनाएका छन् ।

३० भदौदेखि थालिएको सुपथ मूल्य पसलमा दुवै संस्थानले देशभर डेढ सयभन्दा बढी बिक्री केन्द्रबाट विभिन्न खाद्य सामग्री प्रतिकिलो पाँचदेखि १० रुपैयाँसम्म छुट दिएर बिक्री गरेका थिए ।

छुट मूल्यको खाद्यान्न खरिदमा उपभोक्ताको भिड बढेपछि खाद्य कम्पनीलाई आागमी २ माघसम्म सुपथ मूल्य पसल जारी राख्न निर्देशन दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शिवराम पोखरेलले जानकारी दिए ।

‘सुपथ पसलमा छुट मूल्य पाएर खाद्यान्न खरिद गर्ने उपभोक्ताको उपस्थिति राम्रै भयो । त्यसैले खाद्य कम्पनीलाई माघ संक्रान्तिसम्म सुपथ पसल सञ्चालन जारी राख्नु भनेका छौँ,’ उनले भने ।

खाद्य कम्पनीका बिक्री विभाग प्रमुख भीम थापाले पनि मन्त्रालयको निर्देशनपछि सुपथ पसल २ माघसम्मका लागि जारी राखेको बताए । तर, साल्ट ट्रेडिङले भने छठपछि छुट मूल्यमा खाद्यान्न बिक्री–वितरण रोकेको छ । 

सुझावित समाचार