एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्। बहुविवाहको मुद्दामा अदालतबाट दोषी ठहर भएका शेर्पालाई प्रहरीले मंगलबार धुम्बाराहीबाट पक्राउ गरेकाे हाे।
बहुविवाहसम्बन्धी मुद्दामा अदालतले उनलाई एक वर्ष जेल र पाँच हजार जरिवाना तोकेको थियो। अदालतको फैसला कार्यान्वयन गर्न उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।