२२ मंसिरबाट सुदूरपश्चिम महोत्सव

मंगलबार, १८ कार्तिक, २०८२
डिजिटल संस्करण

दुई दशकदेखि धनगढीमा हरेक वर्ष सञ्चालन हुँदै आएको सुदूरपश्चिम महोत्सव २२ मंसिरबाट सुरु हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघले आइतबार धनगढीमा पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी सुरु गरिएको जनाएको छ ।

संघका अध्यक्ष पुष्करराज ओझाले एउटा मूल आयोजक समिति र अन्य २३ वटा उपसमिति गठन गरेर महोत्सव सञ्चालनको तयारीका काम थालिएको जानकारी दिए । महोत्सव सञ्चालन गर्न करिब तीन करोड रुपैयाँ लाग्ने, सात लाख मानिसले अवलोकन गर्ने र महोत्सवमा करिब १५ करोड रुपैयाँको व्यावसायिक कारोबार हुने संघले अनुमान गरेको छ ।

सुझावित समाचार