चोरी मुद्दाका फरार अभियुक्त ४७ वर्षपछि पक्राउ

सोमबार, १७ कार्तिक, २०८२
डिजिटल संस्करण

अदालतले सजाय सुनाएपछि फरार रहेका चोरी मुद्दाका फरार एक अभियुक्तलाई ४७ वर्षपछि स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा, गल्याङ नगरपालिका–७ कल्लेरी बस्ने लालबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रशन्नराज चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार १५ बैशाख ०३५ मा स्याङ्जा, साविक पेलाकोट गाउँपञ्चायत–२ हाल गल्याङ नगरपालिका–७ कल्लेरी बस्ने दिलबहादुर रानामगरको घरबाट सुनका गहना र रेडियो चोरी भएपछि रानामगरले दिएको जाहेरीमा अदालतमा मुद्दा दर्ता भएको थियो । १६ मंसिर ०४५ मा स्याङ्जा जिल्ला अदालतबाट रानामगरलाई एक महिना १५ दिन कैद र चार हजार पाँच सय जरिवाना सुनाएको थियो ।

सजाय सुनाएपछि फरार रहेका रानामगरलाई ४७ वर्षपछि प्रहरीले वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले पक्राउ गरी कैद तथा जरिवाना भुक्तानीका लागि अदालतमा उपस्थित गराएकोमा सोमबार जिल्ला कारागार, स्याङ्जा चलान भएका चौधरीले जानकारी दिए । 
 

सुझावित समाचार