भृकुटीमण्डपमा ‘अ टेल अफ टू ल्यान्ड्स’ फोटो प्रदर्शनी सुरु

सोमबार, १८ कार्तिक, २०८२
डिजिटल संस्करण
भृकुटीमण्डपमा ‘अ टेल अफ टू ल्यान्ड्स’ फोटो प्रदर्शनी सुरु

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

भृकुटीमण्डपस्थित पर्यटन बोर्ड परिसरमा ‘अ टेल अफ टु ल्यान्ड्स : नेपाल मिट्स सिसिली’ नामक फोटो प्रदर्शनी सुरु भएको छ। सोमबारदेखि सुरु प्रदर्शनीमा इटालियन फोटोग्राफर भ्यालेन्टिना ब्रान्काफोर्तेका २५ तस्बिरहरु राखिएको छ।

नेपाल पर्यटन बोर्डले आफ्नो नियमित दृश्य–संवाद अभियान ‘फोटोनेपाल’अन्तर्गत गरेको तीनदिने प्रदर्शनी वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो।

उद्घाटनपछि चित्रकारले पर्यटन बोर्डले फोटोग्राफीलाई देशको सांस्कृतिक कूटनीतिका रूपमा अघि बढाएको देख्दा खुशी लागेको बताए। फोटो पत्रकार क्लबका अध्यक्ष द्वारिका काफ्लेले यस्ता प्रदर्शनीहरूले फोटोग्राफरहरूको सिर्जनात्मक प्रयासलाई थप ऊर्जा र प्रेरणा दिने उल्लेख गरे।

बोर्डका निमित्त कार्यकारी प्रमुख हिकमत सिंह ऐयरले नेपालका सांस्कृतिक र धार्मिक विविधता अन्तर्राष्ट्रिय सन्दर्भमा प्रस्तुत गर्न यस्ता प्रयासहरू प्रभावकारी हुने धारणा राखे।

सुझावित समाचार