तीन दिनदेखि बेपत्ता युवकको शव सिँघिया खोला किनारमा फेला

सोमबार, १७ कार्तिक, २०८२
डिजिटल संस्करण

तीन दिनदेखि हराइरहेका एक युवकको शव सोमबार बिहान विराटनगरको सिँघिया खोलामा फेला परेको छ।

विराटनगर महानगरपालिका– १२ घर भएका ३० वर्षीय श्रवणकुमार मण्डलको शव सोमबार विराटनगर– १४, झटियाहीको  विष्णुटोलनजिकै सिँघिया खोलामा फेला परेको हो।

मण्डल शनिबारदेखि हराइरहेका र खोजीका लागि परिवारले प्रहरीलाई सूचना गरेको थियो। खोजी गर्ने क्रममा सोमबार बिहान सिँघिया खोलाकिनारमा मण्डलको शव फेला परेको मोरङ प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार मण्डल मानसिक रूपमा विक्षिप्त अवस्थामा रहेको र बाढी आएको खोलामा हामफालेको परिवारले जानकारी दिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले बताइन्। उनका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय रानीले अनुसन्धान थालेको छ। शव परीक्षणका लागि कोशी अस्पताल पठाइएको छ।

सुझावित समाचार