नेपाल प्रहरीका पाँच एसएसपी डिआइजीमा बढुवा

सोमबार, १८ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाल प्रहरीका पाँचजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा गरिएको छ ।

गत ९ कात्तिकमा उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएको थियो ।  गृहमन्त्री ओमप्रकाश अर्यालले एसएसपीहरू भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्लेलाई डिआइजीमा बढुवा गर्ने निर्णय गरेका हुन् । जसअनुसार, खत्री सिआइबीमा, भट्टराई अपराध अनुसन्धान विभागमा, ओम अधिकारी उपत्यका प्रहरी कार्यालयमा, शेखर खनाल अख्तियारमा र अविनारायण काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका छन् ।

सुझावित समाचार