कैलालीको धनगढीमा स्रोत नखुलेको २८ लाख रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको लखिमपुर खिरी पलिया बस्ने २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्तालाई धनगढी उपमहानगरपालिका– ३, मिलनचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार युपी ३१ सिएन ११७५ नम्बरको कारमा सवार उनीहरूको स्रोत नखुलेको २८ लाख ३४० नेपाली रुपैयाँ बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमान्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा नगदसहित व्यक्ति पक्राउ गरेको बताइएको छ ।