नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले नेपाल एसबिआई बैंकका नवनियुक्त अध्यक्ष वेंकट वंशीधर कुंचालाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।
१४ कात्तिकमा बसेको सञ्चालन समितिको ५३६औँ बैठकले स्टेट बैंक अफ इन्डियालाई प्रतिनिधित्व गरी आएका सञ्चालक कुंचालाई अध्यक्षमा चयन गरेको थियो । कुंचा एसबिआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत छन् ।