काठमाडौं–ग्वाङझाउ सिधा उडान सञ्चालन गर्न बुकिङ खुला

आइतबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाल वायुसेवा निगमले चीनको ग्वाङझाउ सहरका लागि सिधा हवाई उडान सुरु गर्न बुकिङ खुला गरेको छ। निगमले मंसिर १४ गतेदेखि काठमाडौं–ग्वाङझाउ नियमित उडान सञ्चालन गर्ने भएको हो।

निगमका अनुसार काठमाडौं–ग्वाङझाउ–काठमाडौं मार्गमा हप्तामा तीन दिन (बुधबार, शुक्रबार र आइतबार) उडान हुनेछ। आरए ४१७ नम्बरको उडान काठमाडौंबाट उडेर बिहान ग्वाङझाउ पुग्नेछ।

त्यसैगरी, आरए ४१८ नम्बरको उडान सोमबार, बिहीबार र शनिबार ग्वाङझाउबाट उडेर काठमाडौं आइपुग्नेछ। यी सबै उडानहरू एयरबस ए३२० विमानमार्फत सञ्चालन गरिने निगमले जनाएको छ।

सुझावित समाचार