पहिरो खसेपछि कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध

शनिबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण

अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा पहिरो खस्दा कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ। हिजाेदेखि निरन्तर परिरहेको वर्षाका कारण शनिबार साँझ गएको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सडक अवरुद्ध भएपछि काठमाडौं–हेटौँडा आवागमन ठप्प भएको छ। काठमाडौंबाट हेटौँडातर्फ आउने र हेटौँडाबाट काठमाडौं जाने सवारीसाधनहरू बिचबाटोमै रोकिएका छन्। 

मकवानपुर प्रहरीका अनुसार पहिरो खसेको स्थानमा डोजर र जनशक्ति परिचालन गरी बाटो खुलाउने प्रयास भइरहेको छ। निरन्तर वर्षाका कारण माटो भिजेको र ढुंगामाटो झर्ने क्रम नराेकिएकाले कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। 

मौसम अनुकूल बनेपछि सडक सञ्चालन गर्न सकिने अनुमान गरिएको छ। प्रहरीले यात्रुहरूलाई आवश्यक नपरी यो सडक प्रयोग नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रहसमेत गरेको छ।

सुझावित समाचार