काभ्रेपलाञ्चोकमा प्रहरी कार्यालयमा आगजनी र लुटपाट गर्ने सातजना पक्राउ

शुक्रबार, १५ कार्तिक, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनमा प्रहरी कार्यालयका आगजनी, तोडफोड तथा लुटपाटमा संलग्न सातजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार पनौती– ३ का  २८ वर्षीय अनिष सापकोटा, पनौती– ८ का २६ वर्षीय सुमन केसी, बनेपा– १० का २१ वर्षीय साकार केसी, बेथानचोक– ६ का  १९ वर्षीय समीर तामाङ, बेथानचोक– ३ का ३२ वर्षीय होमप्रसाद तिमल्सिना, पनौती– २ का २४ वर्षीय सुवास तामाङ र महाभारतका २३ वर्षीय ङेमासाङ मुक्तान छन्। 

उनीहरूमध्ये अनिष ०७२ सालमा अभद्र व्यवहारको कसुरमा पक्राउ परेका व्यक्ति भएको जिप्रका काभ्रेपलाञ्चोकका प्रवक्ता रविन विष्टले बताए। आन्दोलनका आडमा सबैभन्दा धेरै क्षति इप्रका बनेपामा भएको थियो । जहाँ आगजनी र लुटपाट गरिएको थियो । 

सुझावित समाचार