मनाङको तिलिचो बेस क्याम्पमा फसेका पर्यटकको उद्धारका लागि सशस्त्र प्रहरी परिचालन

शुक्रबार, १५ कार्तिक, २०८२
डिजिटल संस्करण

मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका– ९, तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेका १५ जना पर्यटकको उद्धारका लागि सशस्त्र प्रहरी बलको उद्धार टोली त्यसतर्फ गएको छ ।

दुईजना चिनियाँ नागरिक र १३ जना नेपाली गरी जम्मा १५ जना पर्यटक हिमपातको कारण  तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेका छन् । 

उनीहरू अलपत्र परेको भन्ने जानकारी पाउना साथ सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमान्डमा विपत् व्यवस्थापन तालिमप्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उनीहरूको उद्धारका लागि खटिएको छ । सो ताल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट पैदल जानुपर्ने भएकोले उद्धारमा केही समय लाग्नेछ । अलपत्र परेका पर्यटकहरूको अवस्था भने अहिलेसम्म सामान्य रहेको बताइएको छ ।

सुझावित समाचार