शुक्रबार सुनको मूल्य दुई हजार सात सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ३६ हजार तीन सय रुपैयाँमा करोबार भएकोमा शुक्रबार बढेर दुई लाख ३९ हजार रुपैयाँ पुगेको हो ।
चाँदीको मूल्य पनि प्रतितोला ८० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला दुई हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर तीन हजार ६० रुपैयाँ कायम भएको छ ।