लेदो र पहिरोले बिपी राजमार्ग दुईतर्फी अवरुद्ध

शुक्रबार, १५ कार्तिक, २०८२
डिजिटल संस्करण

बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा लेदो र पहिरोका कारण राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण लेदो र पहिरोले राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका– ६ चौकीडाँडा, रोशी गाउँपालिका– ७ चारसयबेँसी, रोशी– ११ डालाबेँसी, रोशी– ९ बिरुवाडाँडा, बोक्सिकुना, नार्केलगायतको स्थानमा  सडकमाथिबाट लेदो र ढुंगा खसी बाटो दुवैतर्फी अवरुद्ध भएको जानकारी दिए ।

अवरुद्ध सडक खुलाउन स्थानीय जनप्रतिनिधि र प्रहरी लागिपरेको प्रहरीको भनाइ छ । 

सुझावित समाचार