निर्वाचनको शान्तिसुरक्षाबारे सरोकार समितिले सरकारसँग जानकारी लिने

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले प्रतिनिधिसभाको आगामी निर्वाचनको शान्तिसुरक्षाका विषयमा सरकारसँग जानकारी लिने भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकमा समितिको आगामी कार्ययोजनाबारे छलफल गर्दै निर्वाचनको शान्तिसुरक्षाका विषयमा सरकारसँग छिट्टै जानकारी लिने तयारी गरिएको सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिए । त्यसैगरी आगामी राष्ट्रिय सभाको निर्वाचनका विषयका साथै विभिन्न आयोजनाको बजेट कटौती गर्ने सरकारको निर्णयको सम्बन्धमा समेत जानकारी लिने उनले बताए । 

उनले समितिको बैठकमा छलफल हुने विषयहरूलाई प्राथमिकीकरण गर्दै नयाँ कार्ययोजना आगामी बैठकले अनुमोदन गर्ने जानकारी दिए ।

सुझावित समाचार