पानी परेसँगै बाटो चिप्लाे हुँदा दाउन्नेमा जाम

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

नवलपुरमा पानीले दाउन्नेको बाटो चिप्लाे हुँदा बिहानैदेखि सवारीसाधनको लामो लाइन लाग्न थालेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार आज बिहान ८ बजेबाट उकालोमा मालवाहक  सवारीसाधनहरू उक्लन सकेा छैनन्। जसले गर्दा आलोपालो गरेर सवारीसाधन पास गराइएको छ । 

दाउन्ने सडकखण्डको १४ किलोमिटर सडकखण्डभित्र अझै चार ठाउँमा कल्भर्ड निर्माणको काम नसकिएकोले चार ठाउँमा सडक एकतर्फी रहेको छ । त्यसमाथि सामान्य पानी पर्दा पनि बाटो हिलो र चिप्लो भएर सवारीसाधन उक्लन नसक्ने अवस्थामा रहेको छ ।  

जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद जोशीले उकालोमा सवारीसाधन उक्लन नसकेको कारण दुम्कीबाससम्म सवारीसाधनको लामो लाइन लागेको जानकारी दिए । उनका अनुसार अहिले एकतर्फी मात्र सवारीसाधन सञ्चालनमा आएको छ ।
 

See More On

सुझावित समाचार