बाँकेको नौबस्ता कारागारबाट फरार कैदीबन्दी बर्दियामा पक्राउ

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

बाँकेको नौबस्ता कारागारबाट भागेको कैदीबन्दीलाई बर्दियामा पक्राउ गरिएको छ । जेन–जी आन्दोलनको क्रममा भदौ २५ गते नौबस्ता कारागारबाट भागेका गुलरिया नगरपालिका– ५ का  २३ वर्षीय रामचरण चौधरीलाई बुधबार पक्राउ गरिएको हो ।

चौधरीले  बलात्कार मुद्दामा कैद सजाय पाएका थिए । जेन–जी आन्दोलन हुँदा भदौ २५ गते कारागारबाट चौधरी भागेका थिए । कारागारबाट भागेको करिब दुई महिनापछि चौधरीलाई जिल्ला प्रशासन कार्यालयबाट पक्राउ गरिएको छ । कारागारबाट भागेका चौधरी नागरिकताको प्रतिलिपि निकाल्न आउँदा पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयका  प्रशासकीय अधिकृत विमल गुरुङले बताए ।

उनले भने, ‘चौधरीले गुलरिया नगरपालिका- ५ वडा कार्यालयबाट नागरिकताको प्रमाणपत्र  निकाल्न आएका थिए । चौधरीले ल्याएको सिफारिसअनुसारको विवरण हेर्दा चौधरी कारागारबाट भागेको भन्ने थाहा पाउनेबित्तिकै पक्राउ गरी   प्रहरीलाई बुझाइएको छ ।'

See More On

सुझावित समाचार