जेन–जी आन्दोलनको क्रममा पूर्वएसपीको घरमा आगजनी र लुटपाट गर्ने पक्राउ

बुधबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनका क्रममा अवकाशप्राप्त प्रहरी अधिकारीको घरमा आगजनी र लुटपाट गर्ने पक्राउ परेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका–८, गणेश मन्दिरस्थित अवकाशप्राप्त प्रहरी उपरीक्षक कमलेन्द्र कर्णको घरमा तोडफोड, आगजनी तथा लुटपाटमा  संलग्न  दोलखा जिल्लाको तामाकोशी  गाउँपालिका- ३, जामुने घर भई कागेश्वरी मनोहरा नगरपालिका थापाचोक बस्ने वर्ष ३४ को रन्जेन्द्र महतलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। 

प्रहरी निरीक्षक भूपाल राईको कमाण्डमा खटिएको प्रहरी टोलीले गोठाटारबाट उनलाई पक्राउ गरेको हो। 
 

सुझावित समाचार