मन्त्रिपरिषद् बैठकका निर्णय : माघ ११ गते राष्ट्रिय सभा निर्वाचन, राष्ट्रपतिको कतार भ्रमण स्वीकृत

बुधबार, १३ कार्तिक, २०८२
डिजिटल संस्करण

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि ०८२ माघ ११ गते आइतबारका दिन निर्वाचनका मिति तोक्ने निर्णय गरेको छ । हरेक दुई–दुई वर्षमा राष्ट्रिय सभाको रिक्त पदका लागि निर्वाचन हुन्छ । जसमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्दछन् । 

त्यस्तै, सरकारले नेपाल सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची– २ मा हेरफेर गर्ने निर्णय गरेको छ । संसद् सचिवालयको दरबन्दी घटाउने अनुसूची संशोधन गरिएको हो । 

बैठकले नेपाल र मौरिससबिच भएको दोहोरो कर मुक्ति सम्झौता अन्त्य गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ ।  
कतारको दोहामा आयोजना हुने ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा २०८२ कात्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए। 

सुझावित समाचार