संखुवासभाको चिचिला गाउँपालिका– ५, माङमायामा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा चिचिला– ५ माङमायाका स्थानीय ५२ वर्षीय गणेश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए।
उनका अनुसार मंगलबार दिउँसो करिब ४ बजेतिर गाईवस्तुलाई घाँस काट्न रुखमा चढेका गुरुङ लडेर गम्भीर घाइते भएका थिए । उनलाई जिल्ला अस्पताल खाँदबारीमा भर्ना गरिएको थियो । तर, उपचारको क्रममा आज (बुधबार) बिहान मृत्यु भएको डिएसपी मैनालीको भनाइ छ।
मृतक गुरुङ घरनजिकै निभारोको रूपमा घाँस काट्ने क्रममा रुखबाट २० मिटर तल खसेर गम्भीर घाइते भएका थिए। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।