नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुने भएको छ । सुकेधारास्थित मिराकल पार्टी भेन्युमा ११ बजेबाट बैठक सुरु हुन लागेको हो । आजबाट सुरु बैठक १४ गतेसम्म चल्नेछ ।
बैठकमा वर्तमान परिस्थिति र पार्टीको दायित्वबारे मुख्य छलफल हुने पार्टीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।