केन्याको मासाई मारा राष्ट्रिय आरक्षनजिकै विमान दुर्घटना, ११ जनाको मृत्यु

मंगलबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण

केन्याको तटीय क्षेत्र क्वालेमा मासाई मारा राष्ट्रिय आरक्षतर्फ उडान भर्ने क्रममा एउटा सानो विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। जसमा धेरैजसो विदेशी पर्यटक थिए। 

मोम्बासा एयर सफारी नामक एयरलाइन्सले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त विमानमा आठ हंगेरी र दुई जर्मन यात्रु सवार रहेको जनाएको छ। विमानमा केन्याली पाइलट रहेको र उनको पनि मृत्यु भएको जनाएको छ। ‘ दुःखको कुरा, कोही पनि बाँचेका छैनन्,’ मोम्बासा एयर सफारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। बिहान तटीय क्षेत्रमा भारी वर्षा भएको थियो।

केन्याको नागरिक उड्डयन प्राधिकरणले स्थानीय समयअनुसार बिहान ८ः३० बजे हिन्द महासागर तटनजिकै रहेको क्वालेमा दुर्घटना भएको जनाएको छ। यस्तै, सार्वजनिक प्रसारक केन्या ब्रोडकास्टिङ कर्पोरेसनले प्रसारित गरेको टिप्पणीमा एक क्षेत्रीय प्रहरी कमान्डरले सबै यात्रु पर्यटक भएको बताएका छन्।
 

सुझावित समाचार