राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब चिकित्सकले सिफारिस गरे सिधै ‘बिलिङ’ हुने

मंगलबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाहिरका निजी क्लिनिक वा अस्पतालका चिकित्सकबाट सिफारिस भएमा सिधै बिलिङ गर्ने व्यवस्था मिलाएको छ ।

एमआरआई, सिटी स्क्यानसहितका अन्य सेवाका लागि बिरामी पर्चासहित आएमा सिधै बिलिङ गर्ने व्यवस्था मिलाइएको प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्राडा जनार्दन पन्थीले बताए। ‘बाहिरबाट आएका यस्ता बिरामीलाई विगतमा पुनः लाइन लाग्नुपर्ने अवस्था हुन्थ्यो,’ उनले भने, ‘तर, अब पर्चासहित आए सिधै बिलिङ हुन्छ ।’ 

बाहिरबाट चिकित्सकको सिफारिस भए सुगर, प्रेसर जाँच पनि सिधै बिलिङ गरेर सेवा लिने गरी व्यवस्थापन भएको उनको भनाइ छ । यो व्यवस्था भएसँगै बाहिरबाट चिकित्सकको सिफारिस भएपछि फेरि प्रतिष्ठानमा आएर ओपिडी सेवाका लागि छुट्टै पर्चा काट्नुपर्ने बाध्यता रहनेछैन । बिरामीहरूको सहजताका लागि यो व्यवस्था मिलाइएको उनको भनाइ छ । 
 

सुझावित समाचार