सल्यानमा भरुवा बन्दुक राखेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। बनगाड कुपिन्डे नगरपालिका– ७ पाखापानीका ५२ वर्षीय तिलकबहादुर रोकालाई अवैध रूपमा भरुवा बन्दुक राखेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय देवस्थल सल्यानले जनाएको छ ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा रोकाको घरनजिकै बाँसका झ्याङभित्र सुकेको स्याउलाले छोपेको अवस्थामा फेला पारेको देवस्थलका प्रहरी वरिष्ठ नायब निरीक्षक नेत्रबहादुर रानाले जानकारी दिए ।
पक्राउ परेका रोकालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय देवस्थलमा राखिएको प्रहरीको भनाइ छ ।