मंगलबार बिहान उदाउँदाे सूर्यलाई अर्घ्य दिएर विधिवत् रूपमा यस वर्षको छठ पर्व समापन भएको छ । छठ पर्वअन्तर्गत सोमबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको थियो । शनिबारदेखि सुरु भएको छठ मंगलबार बिहान उदाउँदाे सूर्यलाई अर्घ्य दिएर विधिवत् रूपमा समापन भएको छ ।
तराई, मधेशमा मात्र होइन, काठमाडौं उपत्यकासहितका क्षेत्रका नदी, पोखरी, तलाउमा पनि छठ मनाइएको छ । काठमाडौंको गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत स्थानमा सूर्यलाई अर्घ्य दिइएको छ ।
कुपन्डाेलस्थित बागमती नदीकिनारमा यसरी मनाइयो छठ पर्व









