कीर्तिमानसहित सन्तोषीले जितिन् कांस्य

मंगलबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपालकी धाविका सन्तोषी श्रेष्ठले भारतको राँचीमा भएको चौथो दक्षिण एसियन सिनियर एथलेटिक्स च्याम्पियनसिपमा १० हजार मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमानसहित कांस्य जितेकी छिन् ।

उनले ३४ मिनेट ४७.७७ सेकेन्डमा दौड पूरा गरी १९ वर्षअघि कान्छीमाया कोजूको राष्ट्रिय कीर्तिमान तोडेकी हुन् । यसअघि सन्तोषीले महिला पाँच हजार मिटरमा पनि राष्ट्रिय कीर्तिमान बनाउँदै कांस्य पदक हात पारेकी थिइन् ।

सन् २००६ मा कोलम्बोमा भएको दक्षिण एसियाली खेलकुदमा कान्छीमाया कोजूले ३५ मिनेट ०३.४३ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । सन्तोषीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको दुवै इभेन्टमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै कांस्य जितेकी हुन् । सन्तोषीले केही समयअघि भारतकै भएको दिल्ली हाफ म्याराथनमा पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

See More On

सुझावित समाचार