‘जारी २’को ट्रेलर सार्वजनिक

सोमबार, ११ कार्तिक, २०८२
डिजिटल संस्करण

कात्तिक २१ गते रिलिज हुने चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’को ट्रेलर सार्वजनिक भएको छ।

सार्वजनिक ट्रेलरमा दयाहाङ राईलाई च्याब्रुङबाधकको रूपमा प्रस्तुत गरिएको छ। चलचित्रले छोरीको जन्मपछि फेरि यी दुईजनाबिच आउने फाटोलाई फिल्मको कथा बनाएको ट्रेलरबाट बुझ्न सकिन्छ।

तीन मिनेट ५२ सेकेन्ड लामो ट्रेलरमा उनको पाटोले चलचित्रमा डार्क ह्युमर देखिन्छ। उपेन्द्र सुब्बा लिखित तथा निर्देशित फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्। फिल्ममा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका छ।

यसका अलावा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, वेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ। बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा यो चलचित्र निर्माण भएको हो।

सुझावित समाचार