स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले जेन-जी आन्दोलनका घाइतेको उपचारमा कुनै कमी नभएको बताएकी छिन् ।
आइतबार स्वास्थ्यमन्त्रीमा नियुक्त भएकी शर्मा सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)को अवलोकन गर्न पुगेकी हुन् । अवलोकनका क्रममा जेन-जी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।
आफू टिचिङ अस्पतालमा घाइतेहरूको अवस्था बुझ्न गएको भन्दै उनले टिचिङ जेन-जी आन्दोलनमा घाइते भएका तीनजना उपचाररत रहेको जानकारी दिइन् ।
उनीहरूको राम्रोसँग उपचार भइरहेको मन्त्री शर्माको दाबी छ । उनका अनुसार तीनजनामध्ये दुईजनाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ भने एकजनाको हड्डी भाँचिएको र प्लास्टिक सर्जरी गरेर उपचार भइरहेको छ ।